काेराेना संक्रमण बढ्दै, थप ९१५ जना संक्रमित

पछिल्ला दिनमा नेपालमा काेराेना संक्रमितकाे संख्या बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ ।

मन्त्रालयले दिएकाे जानकारी अनुसार गएकाे २४ घण्टामा ६ हजार २ जनाको काेराेना परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । याे अवधिमा २ जनाकाे मृत्यु भएकाे छ । हाल नेपालमा सक्रिय संक्रमितकाे संख्या ५ हजार ४ सय ३३ पुगेकाे छ भने कूल संक्रमितकाे संख्या ११ लाख ३१ हजार ८ सय ५३ पुगेकाे छ ।

संक्रमितमध्ये १५८ जना संस्थागत आइसोलेसनमा, ४३ जना आईसीयूमा र २ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । साथै ३०१ जना भने काेराेनाकाे संक्रमणबाट मुक्त भएका छन् ।

Facebook Comments