नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यबृद्धि
पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकाे छ । नेपाल आयल निगमले निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मुल्य बढाएको हो।
इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पुनः पेट्रोल र डिजेल तथा मट्टितेलकाे मूल्य बढाउनुपरेकाे जनाएकाे छ ।
मुल्यबृद्धि भएसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ। बढेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ। मुल्य बढेपछिअझै पेट्रोलमा ११ रूपैयाँ २८ पैसा घाटा , डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा हुने निगमले जनाएकाे छ। निगमका अनुसार मट्टीतेल र हवाइ इन्धनमा भने केही फाइदा हुनेछ ।

Facebook Comments

