युवाले नेतृत्व लिएकाेमा खुसी छुः प्रचण्ड

बालेनेकाे प्रचण्डसँग भेटवार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’वीच भेटवार्ता भएकाे छ । प्रचण्डकाे निवास खुमलटारमा पुगेर बालेन शाहले उहाँसँग भेटवार्ता गर्नुभएकाे हाे ।

भेटमा प्रचण्डले बालेनलाई बधाई दिंदै युवा पंक्ति नेतृत्वमा आउनु सकारात्मक रहेकाे भन्दै खुसी व्यक्त गर्नुभएकाे थियाे । प्रचण्डले बालेनलाई सबैसँग मिलेर देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह गर्नुभएकाे थियाे ।

मुलुककाे राजनीति कता लैजाने भन्ने विषयमा मूख्य भूमिकामा प्रचण्ड नै रहेको भन्दै बालेनले काठमाण्डाै महानगरकाे विकासका लागि सत्ता गठबन्धनका तर्फबाट समेत सहयोग हुनुपर्ने बताउनुभएकाे थियाे ।

जनताको समस्या समाधानमा आफ्नाे पार्टीकाे सदा साथ रहने प्रचण्डकाे भनाइ थियाे ।

Facebook Comments