स्याङ्जा २ मा गठबन्धनका उम्मेदवार विजयी, दाेलखामा एमालेकाे अग्रता
दलहरूवीच मतदानकाे बिषयमा विवाद भएपछि मतदान सम्पन्न भएकाे १० दिनपछि मात्र गणना गरिएकाे स्याङ्जा २ बाट प्रतिनिधिसभा तथा प्रदेशसभामा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । दाेलखामा जारी मतगणनामा एमालेकाे अग्रता देखिएकाे छ । त्यस्तै बाजुरमा भने गठबन्धनका उम्मेदवारकाे अग्रता देखिएकाे छ ।
स्याङ्जा २ काे प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित हुनुभएकाे छ ।
शनिबार राति सकिएको मतगणना अनुसार प्रतिनिधिसभामा धनराज गुरूङ र प्रदेशसभातर्फ स्याङ्जा २ (१) बाट भोजराज अर्याल र (२) बाट महेश भट्टराई निर्वाचित हुनुभएकाे हाे ।
गुरूङले ३१ हजार ४६६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८३९ मत हाँसिल गर्नुभयाे ।
उता दाेलखामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभउकाे छ ।
शुरूवातमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिनुभएता पनि आज बिहानको मत परिणाम अनुसार कार्की एमालेका शिवाकोटीभन्दा १४ सयभन्दा बढी मत अन्तरले पछि पर्नुभएकाे छ ।
शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा कार्कीले १४ हजार ७१५ मत हाँसिल गर्नुभएकाे छ । मंसिर ४ गतेको निर्वाचनमा दोलखामा धाँधली भएको ठहर गर्दै निर्वाचन आयोगले मंसिर १५ गते पुनः निर्वाचन भएक्ाे थियाे ।
दोलखाको प्रदेशसभा–१ मा गठबन्धन र २ मा भने एमाले अगाडि छ । प्रदेशसभा–१ मा २९ हजार चार सय ९३ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १४ हजार सात सय ५९ मत तथा एमालेका नरबहादुर श्रेष्ठले ११ हजार पाँच सय १७ मत प्राप्त गर्नुभएकाे छ भने प्रदेशसभा–२ मा ३० हजार तीन मतगणना हुँदा एमालेका भरत केसीले १६ हजार तीन सय ३७ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका बर्मा लामाले १२ हजार ५८ मत ल्याउनुभएकाे छ ।
बाजुरमा पनि मतगणना जारी रहेकाे छ । साे स्थानमा कांग्रेस उम्मेदवारकाे अग्रता रहेकाे छ । प्रदेशसभामा भने गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेश सभा १ मा भने नेकपा एकीकृत समाजवादीका नरेशबहादुर शाही विजयी हुनुभयाे । शाहीले १० हजार ९७३ मत पाएर निर्वाचित हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलदेव रेग्मीले ८ हजार ६३२ मत हाँसिल गर्नुभयाे ।
बाजुराबाट प्रदेश सभामा नेपाली कांग्रेसका पदमबहादुर शाही निर्वाचित हुनुभएकाे छ ।
बाजुरा प्रदेश सभा २ बाट शाही २० हजार ११९ मतसहित निर्वाचित हुनुभयाे । उहाँ प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभयाे ।

