अहिलेकाे गठबन्धनकाे विकल्प नखाेजेकाे माओवादी केन्द्रकाे स्पष्टाेक्ति

शनिबारकाे पदाधिकारी बैठकपछि सरकार गठनमा सबै विकल्प खुल्ला रहेकाे बताएका नेकपा माओवादी केन्द्रका नेताहरूले गठबन्धनकाे विकल्प नखाेजकाे भन्दै स्पष्टीकरण दिएका छन् ।

माओवादी केन्द्रका नेताहरूले एमालेसँग समेत सरकार गठनकाे विकल्प खुल्ला राख्ने विषयमा छलफल भएकाे जानकारी शनिबारकाे बैठकपछि गराएका थिए ।

तर आइतबारको पदाधिकारी बैठकपछि भने साे पार्टीका महासचिव देव गुरुङले आफूहरुले सत्ता गठबन्धनको विकल्प नखोजेको बताउनुभयाे ।

उहाँले सरकार गठनका लागि मा सत्तारुढ गठबन्धनको विकल्प नखोजेको बताउँदै अहिले गठबन्धनको विकल्पका बारेमा छलफल नभएको र अहिलेकै गठबन्धनबाट सरकार गठनकाे प्रयास हुने जिकीर गर्नुभयाे ।

सत्तारुढ गठबन्धनमा भएका दलहरुसँग छलफल नै शुरू नभएकाे अवस्थामा गठबन्धन ताेड्ने या फाेड्ने प्रश्न नै नहुने उहाँकाे भनाइ थियाे ।

माओवादी पदाधिकारी बैठकमा मंसिर ४ मा भएकाे निर्वाचनको समीक्षा भएकाे बताइएकाे छ । चुनावको प्रारम्भिक समीक्षा गरेको माओवादीले सत्तारुढ गठबन्धन केही कमी कमजोरीका बाबजुद मूलभूत रुपमा सफल भएको प्रारम्भिक निश्कर्ष निकालेको छ। तर अपेक्षाकृत परिणाम नआएकाे साे पार्टीका नेताहरूकाे भनाइ छ ।

निर्वाचनमा भएकाे पराजयपछि साे पार्टीका तल्लाे तहका नेता कार्यकर्ताहरू भने सरकारमा सहभागी हुन नहुने भन्दै नेतृत्वकाे खबरदारी गरिरहेका छन् ।

Facebook Comments