थप ४ सय ३५ जनामा काेराेना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । याे पछिल्ला दिनहरूकाे तुलनामा बढी हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ६ हजार ७ सय १५ जनाको पीसीआर परीक्षणमा ३ सय ७० जना र ३ हजार ५ सय ५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ । जसमध्ये ३ सय ७३ जनाकाे विभिन्न अस्पतालहरूमा उपचार भइरहेकाे छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ सय ३९ रहेको छ ।

Facebook Comments