बेपत्ता योद्धा चमनलाल बरालकाे खाेजसभा सम्पन्न, शान्ति सम्झाैता बमाेजिमका काम बाँकी
नेकपा माओबादीका तत्कालिन मजदुर नेता चमनलाल बराललाई राज्यले बेपत्ता बनाएको आज २० बर्ष पुरा भएको छ ।
माओबादी केन्द्र शान्ति सम्झौतामा आएको पनि बर्ष बित्ते, तर वेपत्ताहरूको अवस्था अझैपनि सार्वजनिक हुन सकेको छैन । चमनलाल बरालको घर पोखरा १० नागिनटोलमा आज आयोजित खोज सभामा बोल्दै माओबादी केन्दका पोलिट ब्युरो सदस्य हरिबहादुर चुमानले अझैपनि पुर्ण रूपमा शान्ति सम्झौता पुरा नभएकोले बर्षोदेखि खोज सभा गर्न परेको बताउनुभयो ।
राज्यले वेपत्ताह?को अवस्था सार्वजनिक गर्न अव ढिलाई गर्न नहुने उहाँको भनाई थियो । गण्डकी प्रदेशका माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहनु भएका चुमानले देशमा परिर्वतन ल्याउन लडेका योद्धाहरूलाई अपमान गर्ने कामगरेको बताउनु भयो ।
माओवादी केन्द्रका केन्दीय सदस्य गण्डकी प्रदेशका अर्थ तथा विकास सभापति दीपक कोइरालाले प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुदा जनयुद्धका सहिदह
वेपत्ता चमानलाल लाई मन्त्री बरालले हक्की स्वभाव अन्याय अत्याचारको विरूद्ध सधै लडिरहने योद्धाको रूपमा स्मरण गर्नुभयो । नेकपा माओवादी केन्द्र पोखरा महानगर वडानं १० कमिटिले आयोजना गरेको खोज सभामा चमनलालका भाईले वेपत्ता चमनलालको बारेमा जानकारी गराउनु भएको थियो ।
लाई राष्टिय सहिद घोषणा गरेको तर राजपत्रमा प्रकाशित नहुदा कार्यान्वयनमा आउन नसकेको बताउनु भयो ।अहिले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने गरेर कुराकानी अगाडि बढेको उहाँको भनाई थियो ।
नेकपा माओबादीका केन्द्रीय सदस्य एव गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बराल जिवनले सहिद तथा वेपत्ता योद्धाकै कारण देशमा राजनैतिक परिर्वतन आएको र सहिद तथा वेपत्ताको सपना पुरा गर्न पार्टी लागिरहेको जनाउनु भयो ।
वेपत्ता चमानलाल लाई मन्त्री बरालले हक्की स्वभाव अन्याय अत्याचारको वि?द्ध सधै लडिरहने योद्धाको रूपमा स्मरण गर्नुभयो । नेकपा माओवादी केन्द्र पोखरा महानगर वडानं १० कमिटिले आयोजना गरेको खोज सभामा चमनलालका भाईले वेपत्ता चमनलालको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा चमनलालको श्रीमती छोरी,माओबादी केन्दका नेता कार्यकर्ताह?को उलेख्य सहभागिता रहेको थियो । वडानं १० कमिटिका अध्यक्ष किरण भटट्चनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माओबादी केन्द पोखरा महानगर कमिटिका सचिव जनकराज पराजुलीले गर्नुभएको थियो ।

