मन्त्रि परिषद् बैठकका निर्णय सार्वजनिक
विहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । निर्णय अनुसार आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तय भएको छ । मन्त्रि परिषद् बैठकका निर्णय सार्वजनिक
त्यस्तै भोटेकोशी प्रसारण लाइनको प्रभावितको क्षतिपुर्ति दिने सम्बन्धमा समिति गठन, जापन सरकारबाट सहुलियतपूर्ण ऋण सहायता लिनका लाग वार्ता टोली गठन लगायतका निर्णय सरकारले गरेको छ ।
निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्त सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्वाचन घोषणापूर्व प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँग कुरा गर्न चाहेपनि सम्भव नभएको प्रतिक्रिया दिनुभयो ।

Facebook Comments

