दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

गण्डकी प्रदेश सभामा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ( दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नभएकाे छ ।

सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराउनुभएकाे हाे । मनाङेले पनि विज्ञप्ति जारी गरेर नेकपा एकीकृत समाजवादीमा समावेश हुने बताउनुभएकाे छ ।

एक्लै वा स्वतन्त्र भएर भन्दा राजनीतिक पार्टीमा लागेर जनसेवा प्रभावकारी हुने ठानेर एकीकृत समाजवादीमा अावद्ध भएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशका मन्त्री रहनुभएका मनाङे यसअघि पनि स्वतन्त्र रूपमा नै उम्मेदवार बनेर निर्वाचित भएपछि नेकपा प्रवेश गर्नुभएकाे थियाे ।

Facebook Comments