ठूला भ्रष्टाचारमा शीर्ष नेताहरुको मिलेमतो छः लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारमा राजनीतिक दलका शीर्ष नेताहरुको मिलेमतो रहेको जिकीरगर्नुभएकाे छ ।
राप्रपाले बिहीबार धनगढीमा गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले भष्ट्रचारमा राजनीतिक नेतृत्वकाे संलग्नता रहेकाे दावी गर्नुभएकाे हाे ।
चर्चामा रहेका वाइड बडी काण्ड, ललिता निवास, नारायणहिटीकाे प्रकरण लगायतका घटनामा पूर्वप्रधानमन्त्रीहरुकै नाम जाेडिएकाे तर उनीहरूलाई जोगाउने खाेजिएकाे लिङदेनकाे भनाइ थियाे ।
एमाले, काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीले सत्ता सञ्चालनका क्रममा मुलुक बर्बाद बनाउने बाहेक केही काम नभएकाे उहाँकाे दाबी छ।
ठूला दलका ठूला नेतालाई लाइ मुलुक विग्रेर केही फरक नपर्ने तर युवा र आम नागरिककाे जीवनमा गम्भीर असर पुग्ने उहाँकाे भनाइ छ ।
Facebook Comments

