बालुवाटारमा देउवा, ओली र प्रचण्डवीच भेटवार्ता

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीवीच बालुवाटारमा भेटवार्ता शुरू भएकाे छ ।

देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुग्नुभएकाे हाे । प्रधानमन्त्रीबाट हटेपछि एमालेका अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुग्नुभएकाे हाे ।

तीन नेताबीचको भेटमा एमाले महासचिव शंकर पोखरेल र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी हुनुभएकाे छ ।

भेटमा स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लगायतका बारेमा छलफल हुने सचिवालयले जनाएको छ ।

Facebook Comments