संसद सञ्चालनका लागि सभामुखले निकास दिनुपर्छः एमाले महासचिव पाेखरेल
नेकपा एमालेले यथास्थितिमा संसद चल्न नसक्ने बताएकाे छ । बालुवाटारमा प्रधानमन्त्रीसँग भएकाले छलफलपछि एमालेका महासचिव शंकर पोखरेलले संसद सञ्चालनका लागि सभामुखकाे भूमिका बाधक बनेकाे टिप्पणी गर्नुभयाे ।
उहाँले एमालेले कार्वाही गरेका १४ जना सांसद सहभागी हुने बैठकमा एमाले सहभागी हुन नसक्ने बताउनुभयाे । सत्तापक्षले सदन सञ्चालनकाे वातावरण बनाउन पहल नगरेकाे उहाँकाे आराेप थियाे । उहाँले अप्रत्यक्ष रूपमा सभामुखले गल्ती सच्याउनुपर्ने नभए मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयाे ।
Facebook Comments

