गठबन्धन सफल बनाउनुपर्छः रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ५ दलीय गठबन्धनलाई सफल बनाउनुपर्ने बताउनुभएकाे छ ।
नेपालको भाग्य सफल बनाउन ५ दलीय गठबन्धन सफल बन्नुपर्ने नेता पाैडेलकाे भनाइ छ ।
सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धन सफल भएमा प्रजातन्त्र सफल हुने र राष्ट्र प्रगतिमा अगाडि बढ्ने बताउनुभयाे ।
उहाँले केपी ओली नेतृत्वकाे सरकारले गणतन्त्र, संविधान लगायतका राजनीतिक उपलब्धि सिध्याउन खाेजेकाे बताउनुभयाे ।
पाैडेलले गठबन्धनकै कारण कांग्रेसकाे नेतृत्वमा संघ तथा प्रदेशमा सरकार बनेकाे भन्दै पुनः स्थानीय तहमा नेतृत्वका लागि गठबन्धन सफल बनाउनुपर्ने उहाँकाे भनाइ थियाे ।
गठबन्धनकाे संस्कृति संविधानमा नै उल्लेख भएकाे भन्दै उहाँले गठबन्धनलाई मतबुत बनाएर राजनीतिक स्थिरता कायम गर्नुपर्नेमा उहाँकाे जाेड थियाे ।

