वाम लाेकतान्त्रिक गठबन्धनलाई  राेज्नुपर्छः नेता नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई प्रतिगामी गठबन्धनकाे रूपमा चित्रित गर्नुभएकाे छ ।

उहाँले संविधान, गणतन्त्र तथा संघीयता विराेधी शक्तिकाे नेतृत्व एमालेका केपी शर्मा ओलीले गरिरहेकाे भन्दै वाम लाेकतान्त्रिक गठबन्धनलाई  राेज्नुपर्ने बताउनुभयाे ।

सत्तागठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै नेता नेपालले आफूहरू वाम-लोकतान्त्रिक गठबन्धनमा रहेको बताउनुभयाे ।

वाम-लोकतान्त्रिक गठबन्धनका पक्षमा देशव्यापी जनमत तयार परी सत्ता गठबन्धनका उम्मेदवारलाई चुनावमा जिताउनुपर्नेमा उहाँकाे जाेड थियाे ।

गठबन्धनले भ्रष्टाचार गर्न नदिने तथा देश र जनता तथा समाजका लागि काम गर्ने नेता नेपालकाे भनाइ छ ।

Facebook Comments