माओवादी केन्द्रमा पदाधिकारी चयन हुने
नेकपा माओवादी केन्द्रले महाधिवेशन भएकाे मिहनाै वित्दा समेत पदाधिकारी चयन गर्न सकेकाे छैन । गत साल पुसमा भएकाे महाधिवेशनले अपुराे केन्द्रीय सदस्य र अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाइ चयन गरेकाे थियाे ।
हाल काठमाण्डाैमा जारी रहेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिकाे पूर्णताकाे साथै पदाधिकारी, पाेलिटब्यूराे स्थायी समिति गठन गर्ने बताइएकाे छ ।
यद्यपि महासचिवमा धेरै जनाकाे दाबी रहेकाले निर्णय लिन सकस भइरहेकाे बुझ्न कठिन छैन । पछिल्लाे बैठकमा भने पदाधिकारी चयन लगायतका बिषयमा अध्यक्ष प्रचण्डले ल्याउने प्रस्तावमा सहमति जनाउने नेताहरूले बताएका छन् ।
साेही बिषयमा मंगलबार केन्द्रीय समिति स्थगित गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वस्थायी समिति सदस्यहरूसँग खुमलटारमा छलफल भएकाे थियाे । साेही बैठकमा नेताहरूले पदाधिकारीलगायतका अन्य कमिटीमा जिम्मेवारी छनौट गरी प्रस्ताव गर्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो।
आज बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नकाे जवाफ दिनुका साथै पार्टी पदाधिकारी तथा स्थायी समिति सदस्यहरूको नाम प्रस्ताव गर्ने र पारित हुने बताइएकाे छ।
यसअघि नै मनाेनित केन्द्रीय सदस्य तथा वैकल्पिक केन्द्रीय सदस्य भने प्रस्ताव भइसकेकाे छ ।

