अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा, संसदीय छानविन हुने

नेकपा (माओवादी केन्द्र) ले जनार्दन शर्माले राजीनामा दिनुभएकाे छ । संसदले छानविन गर्ने भएपछि उहाँले राजीनामा दिनुभएकाे हाे । पार्टीले समेत राजीनामा दिन सुझाएकाे थियाे ।

यसैवीच शर्मामाथिको छानबिन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने समझदारी बनेकाे बताइएकाे छ ।

शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा असम्बन्धित मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेकाे थियाे ।

शर्माले बजेट निर्माणमा कुनै गल्ती नगरेकाे छानविनका लागि सहयाेग हाेस भनेर मात्र राजीनामा दिएकाे बताउनुभयाे ।

बुधबार मात्रै शर्मामाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ।

उक्त समितिले छानबिन नसकेसम्मका लागि माओवादीले अर्को व्यक्तिलाई अर्थमन्त्री नबनाउने र छानविनबाट निर्दाेष देखिए शर्मा नै अर्थमन्त्री बन्नसक्ने नेता बर्षमान पुनकाे भनाइ छ ।

Facebook Comments