नेपालमा थप १ हजार ५७० जनामा काेराेना संक्रमण

नेपालमा थप १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएकाे हाे ।

७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४ सय ९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५ सय ४८ गरी १ हजार ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हाे ।

काेराेनाका गम्भीर बिरामीमध्ये २ सय ५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ भने ९ लाख १५ हजार ४८९ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments