स्थानीय तह चुनावः २०७९काे बैशाख ३० मा गर्ने सरकारकाे निर्णय
सरकारले स्थानीय तहको निर्वाचन २०७९ सालकाे बैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को साेमबार बसेकाे बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हाे ।
यसअघि जेठ ४ का लागि सरकारले निर्वाचनकाे मिति प्रस्ताव गरेकाे थियाे । स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिदैंछ ।
संविधानमा स्थानीय तहका जनप्रतिनिधिविहीन हुने अवस्थाकाे कल्पना गरिएकाे छैन भने स्थानीय तह सम्बन्धि ऐनमा कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने उल्लेख छ ।
बैशाख ३० मा निर्वाचन गर्दा पनि स्थानीय तह निर्वाचन ऐन भने संशाेधन गर्नुपर्ने कतिपयकाे भनाइ छ ।
Facebook Comments

