बाँडीचुडी खान गठबन्धनः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बाँडीचुडी खान लागि ५ दलीय गठबन्धन बनेकाे बताउनुभएकाे छ ।

उहाँले नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले बाँडीचुडी खान तथा एमालेसँग वडामा समेत एक्लै प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन गरेको टिप्पणी गर्नुभयाे ।

शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तै भएकाे र चुनावमा हराउने बताउनुभयाे ।

इटहरी विकासको जिम्मा लिने भन्दै एमालेका उम्मेदवारलाई जिताउन ओलीकाे आग्रह थियाे ।

Facebook Comments