निलम्बित प्रधानन्यायाधीश विरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदै
प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुँदैछ ।
२०७८ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाअभियाेग प्रस्ताव दर्ता भएकाे थियाे ।
लामाे समयसम्म पनि उक्त प्रस्ताव अगाडी नबढाएकाेमा सभामुख र सत्तापक्षकाे आलोचना हुने गरेकाे छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको संसद बैठककाे कार्यसूची अनुसार आइतबार बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्ताव पेस हुनेछ ।
प्रतिनिधि सभामा पेस भएपछि महाअभियोगकाे प्रस्ताव पेश भएपछि प्रस्तावबारे छलफलको समय तोकिन्छ । छलफल सकिएपछि प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुपर्ने नियम छ ।
कतिपयले राजनीतिक स्वार्थप्रेरित भएर महाअभियाेग प्रस्ताव अगाडी बढेकाे ठान्छन । जबरा स्वयं समेत आफ्ना स्वार्थ पुरा गर्न राजनीतिक नेतृत्वसँग साँठगाँठमा लागेकाले यस्ताे परिस्थिति विकास भएकाे ठान्नेहरू पनि छन् ।

