थप २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा १६ हजार ३ सय ५६ परीक्षण हुँदा २ हजार ४ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ३ पीसीआर परीक्षण हुँदा १ हजार ८५१ र ४ हजार ७ सय ५३ जनामा एन्टिजेन परीक्षण गर्दा ५ सय ५० जनामा पोजिटिभ देखिएको हो ।

हाल संक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेकाे छ । २४ घण्टामा २ लाख ४६ हजार ७ सय ८३ जनाले खोप लगाएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिनुभयाे ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ७ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको कोभिड १९ प्रेस ब्रिफिङमा यसबारे जानकारी दिइएकाे हाे । प्रवक्ता डा मिश्राले पछिल्लाे २४ घण्टाकाे अवधिमा १४ जनाको मृत्यु भएको जानकारी दिनुभयाे । 

Facebook Comments