एकैदिन कोरोनाका एक हजार नयाँ संक्रमित

कोरोना संक्रमितकाे संख्या पछिल्ला दिनमा थपिने क्रम विस्तारै तीव्र नेकाे छ । मंगलबार एक हजार संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

महामारीको चौथो लहर सुरु भएपछि पहिलो पटक एकैदिन एक हजार बढी नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण गर्दा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ ।

काेराेना संक्रमण दर बढ्न थालेपछि सतर्क हुन चिकित्सकले भनिरहेका छन् । सरकारले भने संक्रमण दर वृद्धि हुँदासमेत संक्रमण फैलन नदिन खासै तयारी गरेकाे देखिदैन ।

आगामी तीन महिनामा ५० हजार कोरोना संक्रमित थपिन सक्ने अनुमान चिकित्सककाे छ ।

यद्यपि स्वास्थ्य मन्त्रालयले भने चौथो लहरको पूर्वाअनुमान गरेर आवश्यक तयारी गरिहेको जनाएकाे छ ।

पछिल्ला दिनमा काेराेना सामान्य हाे भन्ने खालकाे धारणाले पनि संक्रमण थप तीव्र भएकाे चिकित्सककाे अनुमान छ ।

Facebook Comments