भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाँइदै
भ्रष्टाचार नियन्त्रणका लागि सबै उपाय अवलम्बन गर्छाैंः प्रधानमन्त्री
आज डिसेम्बर ९ काे अवसरमा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाँइदै छ ।
यस दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना मार्फत् भ्रष्टाचार नियन्त्रणका सबै उपाय अवलम्बन गर्ने बताउनुभएकाे छ । उहाँले लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक उपायलाई सँगसँगै कार्यान्वयनमा उतार्न सराेकारवाला निकायसँग अनुराेध समेत गर्नुभएकाे छ ।
कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता ल्याउन सकेमा भ्रष्टाचार न्युनीकरण हुने पनि प्रधानमन्त्रीकाे विश्वास छ ।
प्रधानमन्त्री देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत सबै सरकारी निकाय, बुद्धिजीवी, नागरिक समाज र सञ्चारकर्मीहरु समेतकाे आपसी समन्वय, सहकार्य र साझेदारीमा भ्रष्टाचार नियन्त्रण अभियान बढाउनुपर्नेमा जाेड दिनुभएकाे छ । भ्रष्टाचार एकल प्रयासले भन्दा पनि सबै साझा प्रयासले मात्र न्युनीकरण गर्न सकिने प्रधानमन्त्रीकाे धारणा छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेपनि नेपालमा हुने भ्रष्टाचारकाे सूचकमा भने सुधार हुन सकेकाे छैन । ट्रान्सपरेन्सी इन्टरनेशनल लगायतले निकाल्ने बढी भ्रष्टाचार हुने मुलुकहरूकाे सूचीमा नेपाल पनि पर्ने गरेकाे छ ।

