स्थानीय निर्वाचनः मौन अवधि सुरु हुँदै, प्रचार सामाग्री हटाउनुपर्ने

बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको प्रचारका लागि सुरु हुँदै आज अन्तिम दिन हाे । आज मध्यरातबाट निर्वाचनकाे प्रचार प्रसार गर्न पाइनेछैन ।

मौन अवधि आज मध्यरातिबाट सुरु हुने र मतदानकाे दिन वैशाख ३० गते १२ बजेसम्म रहनेछ ।

माैन अवधिमा मतदाता तथा निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि कार्यमा संलग्न हुन नपाइने प्रावधान छ ।

निर्वाचन आयोगले सबैलाई माैन अवधिकाे पालना गर्न आग्रह गरेको छ ।

मौन अवधि सुरु भएपछि कुनै पनि दल, उम्मेदवार भएका व्यक्ति, नागरिक समाज, मतदाता तथा सञ्चार माध्यमहरुले समेत चुनाव प्रचार–प्रसार गर्न पाउने छैनन ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौडेलका अनुसार भाैतिक रूपमा मात्र नमइ माेवाइलबाट एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युत्तीय माध्यम, लगायत सामाजिक सञ्जाल प्रयोगमा समेत राेक लगाएकाे छ ।

यसअघि मतदान केन्द्रकाे ३ सय मिटरकाे स्थानमा राखिएका तथा सामाजिक सन्जालहरुबाट गरिएका निर्वाचन चिन्ह तथा प्रचार सामग्री हटाउन आयोगले निर्देशन गरेकाे छ ।

प्रहरी र सेनाको साइबर व्यूरोले निर्वाचन सामग्री हटाए/नहटाएको तथा नयाँ प्रचार सामग्री राखे/नराखेको सम्बन्धमा निगरानी गर्दैछ ।

Facebook Comments