मुग्लिङ-आँबुखैरेनी सडकखण्डमा सडक भासियाे

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको छ । राती ३ बजेतिर उक्त स्थानमा सडक भासिएकाे प्रहरीले जनाएकाे छ ।

उक्त स्थानमा दुई शव फेला परेको र सनाखत हुन नसकेकाे जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएकाे छ ।

मर्स्याङ्दी नदी किनारामा आज बिहान शव फेला परेकाे, पहिराे गएकाे ठाउँमा माेटरसाइकल र कार पुरिएकाे छ ।

मोटरसाइकलका चालक सकुशल प्रहरी सम्पर्कमा रहेकाे बताइएकाे छ । सडककाे धेरै भाग भासिएकाले एकतर्फी रूपमा सवारी सञ्चालनका लागि समेत गाह्राे हुने देखिएकाे छ ।

सडक खण्ड धेरै भासिएकाले मर्मतका लागि समेत धेरै दिन लाग्न सक्ने साे सडक खण्डमा यात्रारत यात्रुकाे भनाइ छ ।

Facebook Comments