काठमाडौं महानगरपालिका र बञ्चरेडाँडाका स्थानीयवीच सहमति
रातीकाे समयमा फाेहाेर ल्याण्डफिल लगिने
काठमाडौं महानगरपालिका र सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइट क्षेत्रका स्थानीय बासिन्दाबीच सहमति भएकाे छ । गए राती भएकाे १९ बुँदे सहमतिपछि फाेहाेर ब्यवस्थापनमा स्थानीयबाट भइरहेकाे अवराेध हट्ने भएकाे छ ।
स्थानीयले राखेका माग महानगरले पुरा गर्ने, फोहोर ढुवानी गर्ने कार्य दीर्घकालीनसम्म रातिमा मात्र गर्ने लगायतका १९ बुँदामा दुइ पक्षवीच सहमति भएकाे हाे ।
रातकाे समयमा फाेहाेर ढुवानी गर्न आवश्यक बत्ती तथा बाटोको निर्माण महानगरपालिकाले तीन महिनाभित्र गर्ने लगायतका सहमति भएको हो ।
सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध हटाउने ब्यवस्था गर्ने, फाेहाेरकाे लिच्चड बाटाे तथा खाेलामा निस्कन नदिने गरी ब्यवस्थाप गर्ने कार्य महानगरले २ महिनाभित्र गर्ने प्रतिवद्धता जनाएकाे छ ।
Facebook Comments

