मत दाता नामावाली अद्यावधिक गरिंदै, ५ बर्षमा ४५ लाख मतदाता थपिए

नेपालमा पछिल्लो पाँच बर्षमा करिब ४५ लाख मतदाता थपिएका छन् ।

यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन हुँदा एक कराेड ४० लाख ७४ हजार ४ सय मतदाता रहेकाेमा ४५ लाख थप भइ १ कराेड ८५ लाख मतदाता संख्या पुगेकाे हाे ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि निर्वाचन घोषणा भइसकेकाले मतदाता नामावली संकलन स्थगित गरिसकेको छ ।

यसअघि संकलन भएका मतदाताकाे विवरण जिल्ला निर्वाचन कार्यालयबाट संकलन गर्ने क्रममा प्रारम्भिक तथ्याङ्क अनुसार मतदाता संख्या १ करोड ८५ लाख पुगेको हाे ।

निर्वाचन आयोगले जिल्लाबाट मतदाताहरुको संख्या प्राप्त भएपछि त्यसउपर छलफल गर्ने, दावी विरोध लिने र सच्याउने समय दिएर मतदाताहरुको अन्तिम संख्या कायम गर्ने जनाएकाे छ ।

Facebook Comments