१८ वर्ष माथिकालाई काेराेना खाेपकाे बुस्टर डोज दिइने
सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पूरा मात्रा खोप लगाएको ६ महिना भएका १८ बर्ष माथिका सबै नागरिकलाई बुस्टर डाेजका रूपमा खाेप दिन निर्णय गरेकाे हाे ।
पहिलो श्रृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई बुस्टरको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय गरेको मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयले ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन परिपत्र गरेकाे छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको एक महिनापछि कोरोना भाइरसविरुद्धको खोप र बुस्टर डोज दिन मिल्ने पनि जनाएकाे छ ।

Facebook Comments

