पाेखरा महानगरपालिकाे ल्याण्डफिल साइट अव भरतपाेखरीमा !

पोखरामा बनिरहेकाे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पाेखरा महानगरपालिकाकाे १४ नं. वडा बाच्छीवडुवामा रहेकाे ल्याण्डफिल साइट बन्द गरी नयाँ स्थानमा फाेहाेरकाे ब्यवस्थापन गर्नुपर्ने भएकाे छ ।

हालै निर्वाचित भएर जिम्मेवारी सम्हालेका जनप्रतिनिधिकाे पहिलाे कार्यपालिका बैठकबाट पाेखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीमा ल्यान्डफिल स्थानान्तरण गर्न आवश्यक पूर्वाधार बनाउने निर्णय भएकाे छ । जसकाे कार्यान्वयनका लागि आगामी बजेटमा बजेट व्यवस्थापन गरिनेछ ।

यसअगाडी निवर्तमान मेयर मानबहादुर जिसीको नेतृत्वमा १६ चैतमा बसेको कार्यपालिका बैठकले पोखरा ३३, भरतपोखरीको साविक ६ र ७ वडामा नम्बर वडामा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेको थियो ।

यसअघि महानगरले पोखरा १६ र २० को बीचमा पर्ने पस्मराङमा नयाँ ल्यान्डफिल साइट बनाउने निर्णय गरेपनि स्थानीयकाे चर्को विरोधपछि महानगर आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएकाे थियाे । त्यतिबेला वडा नं. २० का अध्यक्ष सिम गुरूङकै नेतृत्वमा आन्दाेलन भएकाे थियाे ।

भरतपाेखरीमा पनि स्थानीयले सहजै ल्याण्डफिल साइटका लागि सहमति जनाउने संभावना भने कम छ ।

Facebook Comments