७३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लाे २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ६२ जनाको कोरोना परीक्षण गर्दा थप ७३ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ । मन्त्रालयका अनुसार २ हजार २३८ जनाको पिसिआर गर्दा ३० र २ हजार ८२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो। 

हाल ५ हजार ५० जना सक्रिय संक्रमित रहेका छन् । केहीकाे भने गम्भीर अवस्थाम उपचार भइरहेकाे छ । याे अवधिमा १९२ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments