पाेष्टबहादुर वाेगटी सम्मानित व्यक्तित्वः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता पोष्टबहादुर बोगटी पार्टीभित्र मात्र नभइ विपक्षी एवं जनताले समेत सम्मान गर्ने नेताका रूपमा स्मरण गर्नुपर्ने बताउनुभएकाे छ ।
शनिबार नुवाकोटको विदुरमा बोगटीको पूर्णकदको शालिक अनावरण गर्दै उहाँले वाेगटीको निधनपछि आफूले दुःख पाएको भन्दै गुनासाे गर्नुभएकाे थियाे ।

बाेगटी सादगी र सम्मानित नेता रहेकाे स्मरण गर्दै प्रचण्डले उहाँको निधनबाट सबभन्दा बढी क्षति पार्टी हेडक्वार्टरलाई भएको उल्लेख गर्नुभयाे । पार्टीमा देखापरेका अन्तरविराेध हल गर्न बाेगटीकाे भूमिका महत्वपूर्ण रहने गरेकाे प्रचण्डकाे भनाइ छ ।
पार्टीमा बेलाबेला देखा पर्ने अन्तरसंघर्षका दाैरान नेताहरूले सीमा नाघ्दा बोगटीले नै मिलाउने गरेको र बाेगटीका सामू अन्य बरिष्ठ नेता समेत चुप लाग्ने अबस्था बन्ने गरेकाे प्रचण्डले स्मरण गर्नुभयाे । माओवादी केन्द्रका नेता बोगटीकाे ३० भदौ २०७१ मा निधन भएको थियो ।

