एमाले अध्यक्ष ओलीमाथि नेपालकाे टिप्पणीः के गर्छस् मंगले आफ्नै ढंगले
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ‘के गर्छस् मंगले आफ्नै ढंगले’ भनेजस्तै आफ्नै दम्भका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार छाड्नुपरेकाे बताउनुभएकाे छ ।
सबै ठाउँमा सरकारमा बसेका केपी ओली किन सडकमा पुग्नुपर्याे ? धादिङको गल्छीमा आयोजित कार्यक्रममा नेता नेपालले भन्नुभयाे, ‘के गर्छस् मंगले आफ्नै ढंगले’ भनेझै केपी ओलीकाे आफ्नै कुवुद्धिले, आफ्नै ढंगले, आफ्नै दम्भले गर्दा आज सडकमा पछारिनु परेकाे हाे ।’
उहाँले यो गठबन्धन भताभुंग पार्न केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई निकै चारा फाल्ने कोशिस गरेपनि सफल नभएकाे बताउनुभयाे ।
Facebook Comments

