इन्धन किन्न नेपाल आयल निगमलाई २ अर्ब ऋण !
इन्धन किन्नका लागि नेपाल आयल निगमलाई तत्काल २ अर्ब ऋण चाहिने भएकाे छ । राष्ट्रिय वाणिज्य बैंकले सरकारकाे जमानीमा साे रकमकाे ऋण उपलब्ध गराउने भएको छ ।
आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि निगमले ऋण खाेजेकाे हाे ।
निगम सञ्चालक समितिको आग्रहपछि बैंकले सरकारको जमानीमा ऋण उपलब्ध गराउन सकिने जानकारी दिएकाे हाे ।
आगामी २३ तारिखभित्र इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई १५ अर्ब हाराहारी रकम बुझाउनु पर्ने निगमले जनाएकाे छ । बाँकी १३ अर्ब भने निगमले बिक्रीबाट नै आम्दानी हुने अनुमान गरेकाे छ ।
Facebook Comments

