थप ७८१ जनामा काेराेना संक्रमण
शुक्रबार थप ७८१ जनामा कोरोना भाइरसकाे संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २ सय ९० काे पिसिआर तथा २ हजार २४० जनाकाे एन्टीने परीक्षणबाट ७ सय ८१ जनामा संक्रमण पुष्टी भएकाे हाे ।
पछिल्लाे २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे पनि मन्त्रालयले जनाएकाे छ । पछिल्लाे समय चाडबाड कारण सार्वजनिक स्थानहरूमा चहल पहल बढ्ने हुँदा संक्रमण थप फैलन सक्ने विज्ञहरूक
काेराेना संक्रमण दर बढ्न थालेपछि सतर्क हुन चिकित्सकले भनिरहेका छन् । सरकारले भने संक्रमण दर वृद्धि हुँदासमेत संक्रमण फैलन नदिन खासै तयारी गरेकाे देखिदैन ।
विश्लेषकहरूले नेपालमा आगामी तीन महिनाकाे अवधीमा ५० हजार कोरोना संक्रमित थपिन सक्ने अनुमान चिकित्सककाे छ ।
यद्यपि स्वास्थ्य मन्त्रालयले भने चौथो लहरको पूर्वाअनुमान गरेर आवश्यक तयारी गरिहेको जनाएकाे छ ।
शुक्रबार मात्रै २३ हजार ८ सय १ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । हाल मुलुकभर सक्रिय संक्रमितकाे संख्या ५ हजार ७ सय ७५ रहेकाे मन्त्रालयले उल्लेख गरेकाे छ । याे अवधिमा ५ सय ११ जना भने काेराेना संक्रमणबाट मुक्त भएका छन् ।

