प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत चयन

सर्वसम्मत भन्दै मनाेनयन गर्न राेक लगाएपछि नेतृत्वका आंकाक्षी असन्तुष्ट

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पाेखरामा सम्पन्न ९ औं राष्ट्रिय महाधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेकाे छ ।

महाधिवेशनले अध्यक्षमा पुनः गणेश बस्नेतलाइ चयन गरेकाे छ भने उपाध्यक्षहरूमा गणेश पाण्डे, राजेश राई, सविन प्रियासन र देविका घर्तीमगरलाइ चयन गरिएकाे छ ।

त्यसैगरी महाधिवेशनले महासचिवमा हिरामान लामा तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा इन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिबल्लभ नेपाल चयन गरेकाे छ ।

यसैवीच बन्दसत्रमा गणेश बस्नेत नेतृत्वको कार्य समिति वाचन गरेर सुनाइएको र साेही अनुसार मनाेनयन दर्ता गर्न भनेपछि नेतृत्वका लागि दाबी गरेकाहरूले असन्तुष्टि जनाएका छन् ।

अध्यक्षमा दाबी गर्नुभएका माधव तिवारीले प्रेस चौतारी नेपालको नवौं महाधिवेशनमा उम्मेदवारी दर्ता गर्न समेत नपाएपछि साधारण सदस्य समेत नरहने गरी निष्क्रिय रहने घोषणा गर्नुभएकाे छ ।

Facebook Comments