५ हजार बढी काेराेना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ हजार ८७ जना संक्रमित थपिएकाे जानकारी दिएकाे हाे । थप भएका संक्रमितमध्ये झण्डै ५३ प्रतिशत काठमाण्डाै उपत्यकाका रहेका छन् ।
धेरै समयपछि एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४ र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १८ हजार २ सय ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाे जनाएकाे छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् भने ३०६ जना संक्रमणबाट मुक्त भएका छन्।
Facebook Comments

