पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार ३ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ५० जना र १ हजार ८ सय ७९ एन्टिजेन परीक्षणमा आठ जना गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणमुक्त हुनेको संख्या १ सय ४८ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १९ रहेको छ ।

कुल संक्रमित ९ लाख ७७ हजार ९ सय ८७ मध्ये ९ लाख ६१ हजार २ सय १८ जना निकाे भएका छन् भने हालसम्म ११ हजार ९५० जनाकाे मृत्यु भएकाे छ ।

Facebook Comments