क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा
क्रोएसियामाथि ३-० काे सानदार जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-० गोलको जित निकाल्दै अर्जेन्टिना फाइनलमा स्थान पक्का गरेकाे हाे ।
विक्वकप उपाधिका लागि बुधबार हुने अर्काे सेमीफाइनलकाे विजेतासँग अर्जेन्टिनाकाे भेट हुनेछ । साविक विश्वकप विजेता फ्रान्स र माेरक्काेवीच दाेस्राे सेमीफाइनल प्रतिस्पर्धा बुधबार राती हुँदैछ।
अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई गोल गर्दा कप्तान लिओनल मेसीले एक गोल गरेका थिए।
यसअघि अर्जेन्टिना सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। त्यतिबेला फाइनलमा जर्मनीसँग पराजित भएकाे थियाे । यसैवीच अर्जेन्टिनाका कप्तान लिओनेल मेसी फिफा विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।
मेसीले जारी विश्वकपमा क्रोएसियाविरूद्ध १ गोल गर्दै समग्र विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन्।

