कोरोनाको तेस्रो लहर नियन्त्रणका लागि पार्टीमाथि भन्दा माथि उठेर सहकार्य गराैंः प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएकाे छ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट कोभिड १९ नियन्त्रणका विषयमा शनिबार ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्रीले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताउनुभएकाे हाे ।
कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्ने प्रधानमन्त्री देउवाकाे भनाइ थियाे ।
प्रधानमन्त्रीले सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सकिने विश्वास व्यक्त गर्नुभयाे ।
साे अवसरमा प्रधानमन्त्री देउवाले एमाले नेताहरूलाई तेस्रो लहरसँग आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सावधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको जानकारी गराउनुभएकाे थियाे ।
नेकपा एमालेका नेता सुवास नेम्वाङको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई कोभिड १९ रोकथाम र उपचारका बारेमा ज्ञापनपत्र बुझाएको हो।

