अत्यावश्यक नभइ अस्पताल नआउन भरतपुर अस्पतालकाे आग्रह
भरतपुर अस्पतालले कोभिड-१९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै अत्यावश्यक बाहेककाे अवस्थामा अस्पताल नआउन आग्रह गरेको छ। शनिबार बिज्ञप्ति जारी गर्दै अस्पतालले काेभिड संक्रमण उच्च रहेकाले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे हाे ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा काठमाडौंको त्रिवि शिक्षण र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गर्नुभएकाे छ ।
विज्ञप्तीमा सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरूले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने सुझाव दिइएकाे छ। भरतपुर अस्पतालमा पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जनामा पोजिटिभ देखिएको थियो।
पुस ३० गते १८६ जनामा गरिएको परीक्षणमा ११५ जना जोजिटिभ देखिएको छ। पुस २९ पोजेटिभ देखिएको संख्या ५५ प्रतिशत हो, ३० गते देखिएको संख्या ६१.२५ प्रतिशत हो।


