एमाले पाेखरा महानगरकमिटीद्वारा मेयर उपमेयरमा आकांक्षी सबैकाे नाम केन्द्रसमक्ष सिफारिस

नेकपा एमाले, पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरमा आकांक्षा देखाएका सबैकाे नाम केन्द्र समक्ष सिफारिस गरेकाे छ । उम्मेदवार छान्न तय भएको निर्वाचन अन्तिम समयमा स्थगित गर्दै आकांक्षी सबैकाे नाम केन्द्रमा सिफारिस गरिएकाे हाे ।

अब केन्द्रीय नेतृत्वले नै उम्मेदवारको टुंगो लगाउने एमाले पाेखरा महानगरपालिका कमिटीका अध्यक्ष दीलिप न्याैपानेले जानकारी दिनुभयाे ।

एमालेले स्थानीय तहकाे प्रमुख र उपप्रमुखका लागि एक महिलासहित ३ जना र उपमेयरमा एक पुरुषसहित ३ जनाको नाम सिफारिस गर्न भनेको थियाे ।

मेयरका लागि आकांक्षा देखाएका प्रदेश सभासदस्यद्वय कृष्णबहादुर थापा र राजीव पहारीसहित भीम कार्की, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, दर्शन लामा, नेताहरु पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीकाे नाम केन्द्र पठाइएकाे छ ।

त्यस्तै मंगलबार ११ जनाले उपमेयरमा आकांक्षा देखाएपनि शुक्रबार मतदानका लागि ९ जनालेमात्रै उपमेयर पदका लागि आकांक्षा देखाएका थिए ।

शुक्रबार विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाले मात्रै नाम टिपाएपछि उनीहरूकाे नाम केन्द्रमा सिफारिस गरिएकाे छ ।

०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा पनि पाेखरामा एमालेमा आकांक्षीहरूवीच सहमति नहुँदा निर्वाचनबाटै उम्मेदवार सिफारिस गरिएकाे थियाे ।

Facebook Comments