फिफा विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्ने
फिफा विश्वकप उपाधिका लागि फ्रान्स र अर्जेन्टिनावीच प्रतिस्पर्धा हुने भएकाे छ । पहिलाेपटक सेमीफाइनल पुगेकाे अफ्रिकी मुलुक मोरक्कोको फाइनल पुग्ने चाहनालाई राेक्दै साविक विजेता फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँगको भेट पक्का गरेको हाे ।
विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोलाई खेलकाे ५ मिनेटमा नै गाेल गरेर फ्रान्सले दबावमा राखेकाे थियाे ।
खेलको पाँचौं मिनेटनै थियो हर्नाण्डेजको गोलबाट फ्रान्सले अग्रता लिएकाे थियाे । खेलकाे ७९औं मिनेटमा कोलो मुआनीले गोल गरेपछि अग्रता दाेब्बर भयाे । उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिरेको एक मिनेट नबित्दै मुआनीले गाेल गरेका हुन् ।
मोरक्कोका २ खेलाडीले चाेटका कारण खेल्न सकेनन । मोरक्को र क्रोएसियावीच शनिबार हुने खेलमा तेस्राे स्थानका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना फाइनल प्रवेश गरेकाे थियाे ।
यसपटककाे फाइनलमा फ्रान्स र अर्जेन्टिना जुट टिमले उपाधि चुमेपनि उनीहरूका लागि विश्वकपमा तेस्राेपटककाे उपाधि हुनेछ ।

