४ हजार ९ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । मन्त्रालयले हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित रहेकाे जनाएकाे छ ।
पछिल्ला दिनमा संक्रमितकाे संख्या दिनहुँ बढिरहेकाे छ ।
Facebook Comments

