१ सय ६३ स्थानीय तहको नतिजा सार्वजनिक

गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । हालसम्म १ सय ६३ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक भएको मतपरिणाम अनुसार ७० स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ भने ५३ वटामा एमाले विजयी बनेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र ३६ स्थानीय तहमा विजयी बन्दा नेकपा एकीकृत समाजवादी ३ र स्वतन्त्र उठेका उम्मेदवारले ३, राप्रपा १, राष्ट्रिय जनमाेर्चाले १ वटा स्थानीय तहमा विजय हाँसिल गरेका छन् ।

हाल मतगणना भइरहेका ५ सय८ स्थानीय तहमध्ये २ सय १६ मा नेपाली कांग्रेस, १ सय १४ मा नेकपा एमाले तथा ८९ स्थानीय तहमा नेकपा माओवादी केन्द्रको अग्रता रहेको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीको २०, जनता समाजवादी पार्टीको २६, लोकतान्त्रिक समाजवादी पार्टीको २० र अन्य पार्टी तथा स्वतन्त्रले २४ पालिकामा अग्रता लिइरहेका छन् ।

सर्वाधिक चासाको रुपमा रहेको चितवनको भरतपुरमा एमाले र माओवादी केन्द्रका उम्मेदवारवीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम छ । उता पोखरामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम छ ।

Facebook Comments