राजनीतिक समझदारी र आपसी विश्वास मुख्य हाे: डा.भट्टराई
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीवीच आगामी निर्वाचनमा एउटै निर्वाचन चिन्ह लिएर सहभागी हुने भएका छन् ।
नेपालमा अग्रगामी परिवर्तनका बाँकी एजेण्डा पुरा गर्न मिलेर नयाँ ढंगले नयाँ आधारमा एकताबद्ध भएर अगाडी बढ्नुपर्ने आवश्यकता महसुस भएको नेता डा.बाबुराम भट्टराईको भनाई छ ।
राजनीतिक समझदारी र आपसी विश्वास कायम भएकाले सिट बाँडफाँडको बिषय सहजै टुंगो लाग्ने भट्टराईको भनाई थियो ।
तत्कालका लागि निर्वाचनमा सहकार्य गर्ने भविष्यमा भने अग्रगामी राजनीतिक शक्तिह?वीचको सहकार्यलाई तीव्रता दिने भन्दै नेता भट्टराईले सत्ता गठबन्धनमा नै रहेको उहाँको भनाई थियो ।
Facebook Comments

