६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्ला दिनमा काेराेना संक्रमितहरूकाे संख्या बढिरहेकाे छ । स्वास्थ्य तथा जनसंखया मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरमा १४ हजार १४ नमुनाको पीसीआर परीक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एन्टीजेन परीक्षण गर्दा ९८७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे ट ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ । हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् । पछिल्ला दिनमा राजनीतिक दलका शीर्ष नेता, मन्त्रीहरू समेत काेराेनाबाट संक्रमित भएका छन् ।
सरकारले काेराेना राेकथामका लागि साेमबार मात्रै ३६ बुँदे अादेश जारी गरेकाे छ ।
Facebook Comments

