साना दललाई पनि दलकै चुनाव चिन्ह दिने निर्वाचन आयोगकाे तयारी
निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ७३ वटा साना राजनीतिक दललाई उनीहरूले केन्द्रमा प्रयाेग गर्ने चुनाव चिन्ह दिने तयारी थालेकाे छ ।
बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई दलले प्रयाेग गर्नका लागि दर्ता गरेकाे चुनाव चिन्ह दिनेबारे प्रक्रिया थाल्ने निर्णय गरेको छ।
आयोगको निर्णय अनुसार साना दलहरूले चैत ६ भित्र जिल्लाहरूमा पार्टीका संरचना सक्रिय रहेकाे लगायतका कागजात पेश गरिसक्नुपर्नेछ।
७३ साना दल आयोगमा दर्ता भएपनि ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावमा राष्ट्रिय दल बाहेकका साना दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारकाे हैसियतमा चुनाव चिन्ह दिने आयोगकाे तयारी थियाे । आयोगकाे यस्ताे तयारीप्रति साना दलले लगातार विराेध गर्दै आएका थिए ।
Facebook Comments

