स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सरकारी पेश्की वा बेरुजु हुन नहुने

निर्वाचन आयोगले आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन चाहने वहालवाला स्थानीय तहका पदाधिकारीले आफ्नो नाममा रहेको पेश्की वा बेरुजु फस्र्यौट गर्नुपर्ने भएको छ ।

साथै स्थानीय तहका पदाधिकारी वा सदस्यले आफू वहाल पदबाट राजीनामा दिएर मात्र आगामि निर्वाचनमा उम्मेदवार बन्न पाउने भएका छन् ।

स्थानीय तहको निर्वाचनका लागि राजपत्रमा सूचना समेत प्रकाशित भइसकेको छ ।

४८ बुँदामा समेटिएको आचार संहितामा प्रधानमन्त्री तथा वहालवाला मन्त्री, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य, सरकारी नियुक्ति पाएका व्यक्ति, सरकारी कर्मचारी, सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनमा खटिने जनशक्ति, सञ्चारमाध्यम, उम्मेदवार लगायतले पालना गर्नुपर्ने नियमहरु समावेश गरिएको छ ।

आयोगले अबदेखि नियमित पत्रकार सम्मेलन गरी निर्वाचनकाे तयारीबारे जानकारी दिनेभ भएकाे छ ।

Facebook Comments