पोखराको मेयरमा कांग्रेसबाट १८ जनाकाे दाबी

गठबन्धनमा सहमति नभएपनि नेपाली कांग्रेसका १८ जनाले पोखरा महानगरपालिकाको मेयरमा दाबी पेश गरेका छन् ।

भागबण्डाका लागि नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दाबी गरेकाे पाेखरामा कांग्रेसबाट १८ जनाले दाबी प्रस्तुत गरेका हुन् ।

पाेखराकाे मेयरमा गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापासहित १८ जनाले र उपमेयरमा १० जनाले दाबी गरेका कांग्नेस पाेखरा महानगर कमिटीले जनाएकाे छ ।

कांग्रेसले प्रमुख र उपप्रमुख चयनका लागि २५ र २० हजार रुपैयाँ शुल्क तोक्दै निवेदन दिन भने बमाेजिम आंकाक्षीले दाबेदारी पेश गरेका हुन् । मेयरमा मन्त्री थापा सहित सुदिपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्मचार्य, कृष्णबहादुर के सी, बाबुराम आचार्य, सरास्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्र नारायण विजुक्छे, विश्वशंकर पालिखे किशोर दत्त बराल, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाकाे दाबी छ।

उपप्रमुखमा दाबी गर्नेहरुमा माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टिकाकुमारी गुरुङ र दिपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली रहेका छन् ।

Facebook Comments