२ सय ३९ स्थानीय तहकाे नतिजा सार्वजनिक, कांग्रेस पहिलाे
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । हालसम्म २ सय ३९ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।
सार्वजनिक भएको मतपरिणाम अनुसार ११३ स्थानीय तहमा नेपाली कांग्रेस विजयी बनेको छ भने ६१ वटामा एमाले विजयी बनेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र ५१ स्थानीय तहमा विजयी बन्दा नेकपा एकीकृत समाजवादी ५, जनता समाजवादीले २ र स्वतन्त्र उठेका उम्मेदवारले ५, राप्रपा १, राष्ट्रिय जनमाेर्चाले १ वटा स्थानीय तहमा विजय हाँसिल गरेका छन् ।
हाल मतगणना भइरहेका स्थानीय तहमध्ये २ सय ७ मा नेपाली कांग्रेस, १ सय ७ मा नेकपा एमाले तथा ८३ स्थानीय तहमा नेकपा माओवादी केन्द्रको अग्रता रहेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीको १६, जनता समाजवादी पार्टीको २३, लोकतान्त्रिक समाजवादी पार्टीको २० र अन्य पार्टी तथा स्वतन्त्रले २४ पालिकामा अग्रता लिइरहेका छन् ।
सर्वाधिक चासाको रुपमा रहेको चितवनको भरतपुरमा एमाले र माओवादी केन्द्रका उम्मेदवारवीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
काठमाण्डौ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम छ । उता पोखरामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायम छ ।

